करोड क्लबमा ‘आँशुको अर्थ’ (भिडियोसहित)

काठमाडौं,
माघ १५ ।

शिव परियारको स्वर रहेको गीत ‘आँशुको अर्थ’ करोड क्लबमा प्रवेश गरेको छ । गत बर्ष जनवरी ९ मा रिलिज भएको यो गीत युट्युबको करोड क्लबमा प्रवेश गरेको हो ।

युट्युबमा रिलिज भएको एक बर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको छ । गीतले ५९ हजार लाइक्स प्राप्त गरेक्को छ भने २ हजार ८ सय बढी कमेन्ट समेत मिलेको छ ।

पछिलो समय निकै चर्चामा रहेको ‘आँशुको अर्थ’ गीतबाट गायक शिव परियारले रेडियो कान्तिपुर द्वारा आयोजना गरिएको नेसनल म्युजिक अवार्डमा यस बर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड समेत जित्न सफल भएका छन् ।

गीतलाई सञ्चारकर्मी रबि अधिकारीले लेखेका हुन् भने सङ्गीतकार टंक बुढाथोकिको सङ्गीत र रिदम कंडेलको एरेञ्ज रहेको छ । रङ्गपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखन तथा चलचित्र निर्माण समेत आफुलाई प्रस्तुत गरेका छन् ।

गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई गायक परियारले आफ्नो एघारौं गीतिसङ्ग्रह ‘शिवालय’ मा समाबेश गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार