सपथ लिए मनाङ्गेले

पोखरा,
माघ १५ ।

राजीव गुरुङ (दीपक मनाङ्गे)ले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराएका हुन् ।

सपथ खुवाएलगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बधाइ दिए ।

मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट पोखरा आएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार