नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं,
माघ १५ ।

नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल चार विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो ।

कप्तान पारस खड्काले शतकीय पारी खेलेपछि नेपालले नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्र्राष्ट्रिय शृंखला जितेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध तीन दिवसीय शृंखला २-१ले जितेको हो ।

दुबईस्थितत एसिसी एकेडेमीमा सोमबार भएको निर्णायक खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै शृखंला आफ्नो पक्षमा पारेको हो ।

कप्तान पारस खड्कालले ११५ रनको पारी खेलेपछि नेपालले २५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाई पूरा गरेको हो । पारसले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे । कप्तान पारस ‘प्लेयर अफ दि म्याच’ र ‘प्लेयर अफ दि सिरिज’ समेत भए ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको छ । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १-१ को बराबरी टुंगिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार