भारतको गोवामा ‘गीत गजल’

काठमाडौं,
माघ १४ ।

चलचित्र ‘गीत गजल’ भारतको गोवामा छायाँकन भइरहेको छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको एक गीत अहिले भारतको गोवामा छायाँकन भइरहेको हो ।

गीतका लागि रोमान्टिक दृश्य कलाकार रुप पोखरेल र आरोही सिंहले दिइरहेका छन् । गोवाका रमणीय स्थानमा रोमान्टिक दृश्य छायाँकन गर्ने काम भइरहेको चलचित्रका निर्देशक नितिन चन्दले जानकारी गराए ।

अर्जुन पोखरेलको शब्द तथा सङ्गीत  रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर रहेको छ भने कोरियोग्राफी निर्देशक आफैँले गरिरहेका छन् ।

आरोहण क्षेत्रीले निर्माण गरेको चलचित्रच ‘गीत गजल’मा रुप र आरोहीका साथै रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे र बालकलाकारहरु योगीशा खत्री, सेजल खानलगायतको अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अस्मित पोखरेलले लेखेकी हुन् भने बाबु श्रेष्ठको छायाँकन छ ।

यसमा तपाइको मत

अन्य समाचार