कोटेश्वर-कलंकी सडकखण्ड हस्तान्तरण

काठमाडौं,
माघ १४ ।

चिनियाँ सरकारको सहयोगमा निर्माण भएको आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ सडक खण्ड चिनियाँ सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।  सोमबार एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यांकीले प्रधानमन्त्री केपी ओलीलाई उक्त सडक खण्ड हस्तान्तरण गरेकी हुन् ।

सातदोबाटोस्थित राष्ट्रिय प्रकृति प्रतिष्ठान नास्टमा आयोजित कार्यक्रममा चीनले नेपाल सरकारलाई उक्त सडक खण्ड हस्तान्तरण गरेको हो ।

चिनियाँ सरकारको सहयोगमा निर्माण गरिएको यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले लिएको थियो । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १०.४ किलोमिटर सडक विस्तार गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार