मिसेस ब्यूटी क्वीनको उपाधि शान्तिलाई

काठमाडौं,
माघ १३ ।

मिसेस ब्यूटी क्वीनको उपाधि शान्ति लिम्बूले चुमेकी छन् । सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले पहिरेकी हुन् ।

कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस लिम्बूले ताजसँगै ‘पर्सनालिटी अवार्ड’समेत हात पार्र्न सफल भएकी छन् ।

उनले सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै सफल भएकी थिइन । उनले ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एक अर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ’ भनेकी थिइन । यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज पहिरेकी सफल भएकी छन् । उनलाई अघिल्लो बर्षकी बिजेता सदिक्षा अर्यालले ताज लगाइदिएकी थिइन् ।

सिजन मिडियाको आयोजना रहेको प्रतियोगिमा ज्ञानेश्वरकी ३० वर्षीया मनिषा विमली फष्टरनर अप र सानो भ¥याङ्की ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनरअप चुनिए ।

त्यस्तै थर्डरनरअप पार्वती खत्री, फोर्थ रनरअप विजया काफ्ले घोषित हुँदा प्रमिला मण्डारी, कल्पना आचार्य, मेनुका श्रेष्ठ, समेनु वराल र अम्विका थापा क्रमश पाँचौ, छैठो, सातौ, आठौ र नवौं रनरअप भए ।

विवाहित महिलाको प्रतिभा निखार्दै क्षेमता अभिबृद्धी गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्थामा प्रमुख प्रदीप राज वन्तले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार