रोहितलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं,
माघ १३ ।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका नेपालका युवा क्रिकेटर रोहितकुमार पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)सँगको जारी एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत पौडेलले शनिबार भएको दोस्रो खेलमा ५८ बलमा ५५ रन बनाएका थिए ।

उनले १६ वर्ष १४६ दिनमा अर्धशतक बनाएका हुन् । उनै पौडेललाई प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री ओलीले पौडेललाई बधाई दिएका हुन् । रोहितको सफलताले राष्ट्र अत्यन्तै हर्षित भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

यसअघि यो कीर्तिमान पाकिस्तानका खेलाडी शाहिद अफ्रिदीको नाममा थियो । अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध १०२ रन बनाएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार