युपीएफले गर्यो देशभत्ति शान्ति साँस्कृतिक कार्यक्रम

काठमाडौं,
माघ १० ।

नेपालको गौरब बढाऊन युनिभर्सल पिस फेडेरेशन नेपालले बिहिबार राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा शान्ति साँस्कृतिक कार्यक्रम गरेको छ । मेकिङ नेपाल प्राउड भन्ने उद्देश्यसहित भएको साँस्कृतिक कार्यक्रमले देश विदेशमा रहेका नेपालीहरुलाई नेपालप्रति आफ्नो दायित्व बोध गराएको हो ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाइ आफ्नो देशको माटो, संस्कार र संस्कृति, आफूले खेलेको, हुर्केको र रमाएको ठाउँ स्वर्ग जतिकै प्यारों लाग्ने गीत मार्फत प्रस्तुत गरेका थिए ।

प्रस्तुतिहरुमा भृकुटी, सीता र गौतम बुद्ध जन्मेको पवित्र भूमी रहेको अवगत गराउदै सगरमाथा र नेपाली विरताको स्मरण गराईएको थियो ।

युपीएफ नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपालको इतिहाँसको नै भब्य तथा सभ्य एशिया प्यासिफिक शिखर सम्मेलन २०१८ सफलताका साथ सम्पन्न भएको भन्दै सम्मेलन सफल बनाउन सहयोग गर्नुहुने स्वमसेवकहरु तथा सबैमा आयोजकको तर्फबाट कृतज्ञता ज्ञापन गर्न कार्यत्रम गरिएको स्पष्ट पारे ।

उनले सरकार, नागरिक समाज र निजि क्षेत्र सहभागी साझा मञ्च बनाई वर्तमान विश्वका चुनैतिहरुको सम्बोधनको बारेमा घनिभूत रुपमा छलफल गर्नु र उपाय खोज्नु उक्त सम्मेलनको उद्देश्य भन्दै सम्मेलनमा राष्ट्रका सात जना बहालवाला राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु, १२ पूर्व राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु, पाँच सभामुखहरु, दुई उपप्रधानमन्त्री, १७ मन्त्रिहरु, सांसदहरु, सरकारी प्रतिनिधिहरु, विज्ञहरु, अन्तरधार्मिक अगुवाहरु, नागरिक समाजका आगुवाहरु, युवा नेतृत्वहरु, निजि क्षेत्र, कलाकार, सञ्चारकर्मी समेत ४५ राष्ट्रका २ हजार विशिष्ट व्यक्तित्वको सहभागितामा कार्यक्रम सफल भएको जानकारी दिए ।

पुवमन्त्री ढकालले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सम्मेलनले सहयोग गरेको भन्दै क्याम्बोडिया र म्यानमारसँग भएको प्रत्यक्ष हवाई उडान तथा ब्यापारिक सम्झौताले नेपालको बिकासमा दिर्गकालिन महत्व राख्ने बताए । ढकालले एशिया प्याशिफिक शिखर सम्मेलनमा जारि काठमाडौँ घोषणा पत्रले विश्वमा संबाद, शान्ति, विकास, सहकार्य, सहअस्तित्व, सामाजिक न्याय, मेलमिलाप, धार्मिक सहिष्णुता, मानब अधिकार, बाताबरणको संरक्षण, परोपकारिता, सार्बजनिक सोंचको विकास लगायतमा जोड दिएको बताए । एसिया प्यासिफिक शिखर सम्मेलनमा सहभागी भइ सम्बोधन गरिदिनु भएकोमा युनिभर्सल पिस फेडेरेसनका सस्थापिका महामहिम डा. हाक जा हान मून प्रति आभार अध्यक्ष ढकालले आभार ब्यक्त गरे ।

सांस्कृतिक समारोहमा स्वागत मन्तब्य दिदै विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले एशिया प्यासफिक समिटले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाइ मद्दत गरेको छ ।

नेपालमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा राष्ट्रिय भावनाले ओतप्रोत भएर प्रस्तुत गरिएको यो कार्यक्रममा सम्भवत पहिलो हो । कार्यक्रममा बरिष्ठ गायक आनन्द कार्कीले मेची,कोशी कलकल बग्ने मेरो सुन्दर देश भन्ने गीतबाट शुरुभएको थियो । गायक कार्कीले म देश बनाउन हिडेको मान्छ लगायतका राष्ट्रभत्ति गीत गाएका थिए ।

यो कर्म भूमिको आगनमा भन्दै गायिक मिलन अमात्य, जहाँ छ बुद्धका आँखा राज सागर, हामी पहिले नेपाली त्यसपछि मात्र अरु सुमित खड्का, साँरगी त रेटे पनि शिशिर योगी, प्राश्ना शाक्य लगायतका गायक गायिकाहरुले राष्ट्रीय भावनाले ओतप्रोत गीतहरु प्रस्तुति दिएका थिए ।

डिम डान्स क्रियसन अनामनगरका कलाकारहरुले भm्याउरे,मारुनी, झुम्रा, थारु, राजबंशी, तामाङ सेलो, कुमारी नृत्य लगायतको प्रस्तुति दिएका थिए ।

मिस नेपाल सुगारिका केसी र शान्ति अभियन्ता प्रकाशबाबु थापाले संञ्चालन गरेको सो कार्यक्रममा संघिय ब्यबस्थापिका संसद, विभिन्न राजनैतिक दलहरु, नागरिक समाज, धार्मिक क्षेत्र, सुरक्षा निकाय, संचार, जनप्रतिनिधीहरु लगायत बिभिन्न तह र तप्काका ब्यत्तिहहरुको सहभागित रहेको थियो ।

सबै नेपाली मिलेर राष्ट्र निर्माणको लागि एक हुनुपर्छ, साच्चीनै देश बनाउन ढिला भईसकेको छ भन्ने भावना कार्यक्रम भरी छताछुल्ल पोखिएको थियो । बिभिन्न भाषा तथा संस्कृति झल्केने गीत तथा नृत्यले हामी सबै नेपाली एक हौ हामी जहाँ जन्मे पनि नेपाली नै हौ । जात धर्म संस्कृति भन्दा माथी उठेर राष्ट्र प्रेमको भाबवा हुनुपर्ने सन्देश दिएको थियो ।

हामीमाया प्रेमका,बिछोडका कुराहरु गछौ तर आज यस्तो फरक कार्यक्रम भयो कि देश प्रतिको माया झल्काउने साँस्कृतिक प्रस्तुति अहिले सम्म कसैनले नगरेको गायक आन्नद कार्कीले बताए ।

उनले देश प्रति माया प्रेम आफ्नो माटो प्रति बफादार हुने हामी संसारको जुनसुकै कुनामा भएपनि जुन भाषा जाति धर्मको ब्यक्ति भएपनि आखिर नेपाल भएन भने हामी कोही नेपाली हुदैनौ भन्ने सन्देश दिएको बताए । कार्यक्रमको न्युज २४ टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार