आएन परदेशी भन्दै आए सुरज (भिडियोसहित)

काठमाडौं,
माघ ९ ।

नेपाल आइडलको टप-६ बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका छन् । पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा उतारेका छन् ।

लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् । गायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ । भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ ।

गायक सुरज थापाकै शब्द, सङ्गीत तथा एरेज रहेको गीतमा धर्म गन्धर्वको सारङ्गी, किशन श्रेष्ठको मिक्सिङ रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन ।

भिडियोमा कलाकारहरु मन बहादुर थापा (बाबा), कबी राम थापा (जेठा बाबा), दिल माया थापा (आमा), चन्द्र बहादुर थापा (दाजु), तारा थापा (बहीनी), आरुशी परीयार, बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरब थापा (भाई), जुनु थापा (छोरी) मुख्य फिचर्ड रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार