रबिले निर्माण गर्न लागेको चलचित्र ‘बद्री बहादुर’ निर्देशन गर्दै शोभित

काठमाडौं,
माघ ९ ।

शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्री बहादुर’लाई सञ्चारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् ।

ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर करिब एक करोडको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने बताइएको छ ।

यस चलचित्रबाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने भनिएको छ ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको सङ्गीत, रामकाजी घिमिरेको लेखन, शिब बिकको नूत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व रहने छ ।

चलचित्रमा रामजी राउत र ज्ञान कुमार मुख्य सहायक निर्देशन रहने छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।

चलचित्र लमजुङ, काठमाडौं, धरान र संखुवासभाको विभिन्न ठाउमा छायांकन गरिने छ । कमेडी जनारामा बन्ने यो चलचित्रलाई तीजमा प्रदर्शन गरिने निर्देशन बस्नेतले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार