‘जिस्म २’को टिजर सार्वजनिक (टिजरसहित)

काठमाडौं,
माघ ९ ।

चलचित्र ‘जिस्म २’को टिजर सार्वजनिक गरिएको छ । फाइट र ग्ल्यामरलाई देखाएको चलचित्रको टिजर सार्वजनिक भएको हो ।

‘जिस्म २’लाई राजु गिरीको निर्माण रहेको छ भने यस चलचित्रलाई निर्देशक इन्द्र जीले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशकलार्इ चान्स दिएको बताए ।

सुरज कुँवरले छायाँकन गरेको चलचित्र ‘जिस्म २’बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दै छन् भने चलचित्रमा अनिल राइको नृत्य, योगेश काजीको सङ्गीत रहेको छ । चलचित्रको कथाअनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार