लुंगी र चोली सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
माघ ७ ।

कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेको नया सेलो गीत ‘लुंगी र चोली’ सार्बजनिक भएको छ । उनलाई उक्त गीतमा गायिका लक्ष्मी स्याङ्तानले साथ दिएकी छिन ।

बहुप्रतीभाका धनि कलाकार इन्द्र दोङ्ग लामा खम्बेले कलाकारितासँगै सङ्गीतमा समेत रुचि राख्दै आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् ।

उनले चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’, ‘झट्का’, ‘माईकल ज्याक्सन’लगायात अन्य दर्जनौ टेलिचलचित्र तथा चलचित्र सडक नाटक, स्टेज कार्यक्रम, गाइजात्रहरुमा समेत कुशल अभिनय मार्फत दर्शक स्रोताको मन जित्न सफल भएका छन् । साथै उनि उत्कृष्ट निर्माता तथा निर्देशकको रुपमा समेत परिचित छन ।

मिना लामाको शब्द तथा सङगीत रहेको यस गीतको भिडियोलार्इ छायाँकार बुद्ध थापाले छायांकन गरेका छन् भने निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् । गीतको भिडियोमा इन्द्र दोङ्ग लामा खम्बे, निरन्जली लामा, एरिन तामाङ, पुर्णिमा लामा थोकरको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार