‘प्रेमको हत्यारा’ लिएर आए नीम (भिडियोसहित)

काठमाडौं,
माघ ४ ।

आधुनिक गीतिसङ्ग्रह ‘प्रेमको हत्यारा’ सार्वजनिक भएको छ । विशेषगरी आफूलाई सङ्गीतकारको रुपमा चिनाउँदै आएका नीम संगीतले ‘प्रेमको हत्यारा’ आधुनिक गीतिसङ्ग्रह लिएर आएका हुन ।

वि.सं. २०६० सालमा अमर प्रेम एल्बम लिएर आएका नीम संगीतले १५ वर्षपछि सिक्वेलमा ‘प्रेमको हत्यारा’ (अमर प्रेम–२) बजारमा ल्याएका छन् । हुन त योभन्दा बीचमा पनि विभिन्न सर्जकहरुको एल्बममा एकल सङ्गीत दिएर क्रियाशील रहँदै आएका नीम संगीतले आफ्नै लगानीको एल्बम भने यो दोस्रो बताउँछन् । म त मर्छु क्यारे तिमी धेरै वर्ष बाँच बोलको गीतबाट चर्चा बटुलेका नीम संगीतको यतिखेर बजारमा आएको गीतिएल्बम प्रेमको हत्याराबाट निकै आशावादी रहेका छन् ।

एल्बममा नीमको एकल सङ्गीत रहेको छ । प्रेमको हत्यारा, मेरो मृत्युको खबर, तारिफ गरुँ कसरी, हर रातको सपनीमा, भूल गरें, म त मर्छु क्यारे, तिम्रो घरमा, हाम्रो माया जस्ता ८ वटा गीतहरु समावेश गरिएका छन् एल्बममा ।

यी गीतमा सेन्चुरी सुरेश घमाल, घनश्याम गौतम, लक्ष्मण पाण्डे, युगज्योति क्रियाशील, भास्कर काजी, नीम संगीत, सनत अन्जान, शरण सेन्चुरीको शब्दरचना रहेको छ । जसमा प्रमोद खरेल, स्वरुपराज आचार्य, गगन सरगम, अन्जु पन्त, शिव परियार, सुधारत्न, सुजन सरगम, रजिना रिमालको स्वर रहेको छ । एल्बमलाई अमरप्रेम म्युजिकले बजार प्रबद्र्धन गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार