चोभारमा बन्ने सुख्खा बन्दरगाहको प्रधानमन्त्री द्वारा शिलान्यास

काठमाडौं,
माघ ३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ । आज आयोजित कार्यक्रममा विश्व बैङ्कको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बन्दरगाहले नेपालको अन्तरर्राष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउँनुभयो ।

प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भण्डार गर्नका लागि बन्दरगाह बनाइएको हो ।

बिश्व बैङ्कको करीब दुई अर्ब लगानीमा करीब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करीब छ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ ।

यसमा तपाइको मत

अन्य समाचार