‘फिल्मी फुच्चे’ एप सार्वजनिक

काठमाडौं,
माघ ३ ।

नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा ‘फिल्मी फुच्चे’ एप सार्वजनिक भएको छ ।

यस एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोललगायत अन्य फिचरहरु समावेश गरिएको छ ।

नयाँ सामाग्री जस्तै ‘कुनै चलचित्रको ट्रेलर या गीत’ सार्वजनिक भएलगत्तै एपमा अपडेट पाइनेछ । त्यसबाहेक नेपाली चलचित्रप्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह महशुस गरेर सम्पूर्ण बिदेशी चलचित्रहरुलाई पनि समावेश गरिएको छ ।

एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउँन लागेका सबै चलचित्र सम्बन्धी जानकारी ‘फिल्मी फुच्चे’ एपमा एकैठाउ भेट्न सकिनेछ । अहिले गुगल प्ले स्टोरबाट एनड्रोईड प्रयोगकर्ताले मात्र फिल्मी फुच्चे डाउनलोड गर्न मिल्नेछ भने केहि समयमै आइफोन प्रयोगकर्ता हरुको लागि यो एप सार्वजनिक गरिने जनाइएको छ ।

डाउनलोड गर्ने लिङ्क:-
:https://play.google.com/store/apps/details?id=com.cinekancha&hl=en

यसमा तपाइको मत

अन्य समाचार