बासुदेव घिमिरेको ‘म त मरेको मान्छे…’ (भिडियोसहित)

काठमाडौं,
माघ २ ।

गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर आएका छन् । राम्रा गीतहरुमा अभिनय गरेका कलाकार तथा सञ्चारकर्मी भोला अधिकारीको अभिनय रहेको अर्को ‘म त मरेको मान्छे…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बासुदेव घिमिरेको शब्द, भोला अधिकारी स्वयम्को सङ्गीत रहेको गीतमा, रबिन अधिकारीको स्वर, केबी भण्डारीको सङ्गीत संयोजन, सोनु कुमारको निर्देशन रहेको छ ।

गीतको भिडियोमा भोलासँगै सुकदेव घिमिरे र रोजी श्रेष्ठको अभिनय देख्न पाईन्छ । उक्त गीतको भिडियोलाई जेशिका इन्टरटेन्टमेन्ट प्रा.लि.ले पोष्ट प्रोडक्सन गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार