वसन्तराजको कटेरोको बास रेशम (भिडियोसहित)

काठमाडौं,
माघ २ ।

गीतकार वसन्तराज अज्ञातको ‘कटेरोको बास रेशम, अलिनो छ गाँस रेशम’बोलको गीतमा म्युजिक भिडियो बनेको छ । सङ्गीतकार तथा गायक जोनको सङ्गीत रहेको उक्त गीतमा गायिका ज्योति कुवँरको सुमधुर स्वर सजिएको छ ।

दर्जनौँ गीतका स्रष्टा अज्ञातको उक्त गीतको भिडियोमा सिर्जना बस्नेत थापा र उमाकान्त सापकोटाले अभिनय गरेका छन् । रमेश पाठकको छायाँकन तथा निर्देशन रहेको भिडियो संगीत बानियाँले सम्पादन गरेका हुन् । गीतमा अभाव, गरिबी र नियतिद्वारा ठगिएकी एक दुःखी नारीको कथा बुनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार