‘सायद’ लिएर आए भरत समारी (भिडियोसहित)

काठमाडौं,
माघ १ ।

र्यापर तथा हिप–पप गायक भरत समारीको नयाँ गीत ‘सायद’ लिएर आएका छन् । उनको ‘सायद’ गीतको भिडियो सार्बजनिक भएको हो ।

शब्द, सङ्गीत गायक भरत समारिको नै रहेको यस गीतको भिडियोमा भरतले नै अभिनय गरेका छन् । उनीसँगै मोडल सुष्मा लिम्बु, मायुल दुलाल तथा सपना तामाङको अभिनय रहेको छ । भिडियोमा गायक भरत समारीलाई आफ्नो प्रेमिकाको लागि आत्महत्या गरिएको देखाईएको छ ।

नयाँ साङ्गीतिक कोसेली समेत आउने क्रममा रहेको उनले बताए । भिडियोलाई नियोन क्रियसनले बजारमा लिएर आएको हो । दर्जनौ चर्चित गीतहरु साङ्गीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन् । उनि विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार