मिस र मिसेज हेरिटेज ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै अदिती र दुर्गा

काठमाडौं,
पौष २९ ।

आगामी १२ फेब्रुअरी देखि १७ (अर्थात २९ माघदेखि फागुन ५) गतेसम्म सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन् ।

प्रतियोगिताको लागि नेपालको आधिकारीक संस्था ग्रिन आर्ट मिडियाले लाजिमपाटस्थित शंकर होटलमा एक कार्यक्रमकाबीच अदितीलाई ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहिर्याउदै अन्तर्राष्ट्रिय प्रतियोगीताका लागि आधिकारीक बाटो खुल्ला गरेको हो ।

कार्यक्रममा ‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’ दुर्गा विसुराल चुनिएकी छन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगिता ‘मिसेस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
ईप्लानेट आयोजक रहेको यो अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज ईन्टरनेशनलको उद्देश्य विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।

युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० बढी मुलुकको प्रतियोगीतामा सहभागीता रहनेछ ।
२० वर्षकी अदिती श्रेष्ठ सामाजिक बिषयमा स्नातक तहमा अध्यायनरत छिन् । दुर्गा विसुरालले भने सोसीयोलोजीमा मास्टर गरेकी छन् । उनी विभिन्न व्यवसायमा समेत आबद्घ छिन् ।

दुबै प्रतियोगी सिंगापुर व्यक्तित्व, सञ्चार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुतिलगायत बिभिन्न बिषयमा प्रशिक्षण सहित उड्नेछन् । उनीहरुको प्रतिभा निखार्ने काम कोरियोग्राफर अनिला श्रेष्ठले गर्नेछिन् ।

यसमा तपाइको मत

अन्य समाचार