‘रणवीर’को फस्ट लुक्स पोस्टर सार्वजनिक

काठमाडौं,
पौष २५ ।

चलचित्र ‘रणवीर’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । १८ माघदेखि देशभरका सिनमाघरमा आउँन लागेको चलचित्र ‘रणवीर’को फस्ट लुक्सको रुपमा मंगलबार पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा तीन पोष्टरमा अभिनेता सुशील सिटौलालाई दुइ नवोदित अभिनेत्री शुभेक्षा खड्का र सुपुष्पा भट्टसँग प्रेम र मित्रतादेखाईएको छ । बाँकी एउटा पोष्टरमा यी तीन जनासँगै खलचरित्र प्रशान्त ताम्राकारलाई रौद्र रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै चलचित्रको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताएका छन् । मेहनत कति गरे भन्ने तथ्यलाई त आउने प्रचार सामग्रीले प्रस्ट्याउने छ ‘सुशील भन्छन ‘फिल्मको पोस्टरले भावलाई प्रस्ट्याउछ ।’

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी शुभेक्षालाई यसै चलचित्र मार्फत डेब्यु गर्दैछिन् । रणवीरबारे उनले भनिन्,‘फिल्ममा मलाइ साथी तथा प्रेमिकाको रुपमा देख्नु हुनेछ’ सुबेक्षाले भनिन् ‘फिल्मको कथावस्तुले हाम्रो पुस्तालाई प्रस्तुत गर्छ ।’ उनले प्रस्ताव आएको कयौ फिल्मलाई रिजेक्ट गरेर रणवीर मार्फत डेब्यु गर्दैछिन् ।

यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । बदलाको भावनायुक्त प्रेमकथामा आधारित रहेको रणबीर तयार गरेको निर्देशक गोविन्दले बताए ।

यस अघि चलचित्र गाजा बाजा निर्माण गरेका दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले रणवीर बनाएका हुन् । निर्मात्री गोमा पनि चलचित्रलाई बिना सम्झौता तयार गरेको बताएकी छिन्, ‘हामीले फिल्ममा कहिँ कतै सम्झौता गरेका छैनौ । एउटा राम्रो फिल्म दर्शकलाई दिने हाम्रो इच्छा हो ।’ गोमाले भनिन् ।

चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको र महङ्गो बजेटमा रणबीर तयार भएको अर्का निर्माता दिपेन्द्र रेग्मीले बताए, ‘फिल्मको सार्वजनिक पोस्टरबाट पनि यसप्रति अनुमान लगाउन सक्नुहुन्छ । रणवीर मनोरञ्जनको फुल प्याकेज हो । यसमा फिल्ममा चाहिने सबै तत्व छन् ।’

चलचित्रमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडीलगायतका कलाकारको पनि अभिनय रहेको छ । महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यो चलचित्रको एकगीतमा बाबु श्रेष्ठको छायांकन रहेको छ । चलचित्रको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार