सयकडा दश सर्वोत्कृष्ट हो-राजाराम पौडेल

काठमाडौं,
पौष २४ ।

चलचित्र  ‘सयकडा दश’ले मंगलबार राजधानीमा अनलाइन मिडियासँग अन्तरसंवाद कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा निर्माता एवम् अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति फिल्म गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले दाबी प्रस्तुत गरे ।

अभिनेता मनोज गजुरेलले ‘भ्रष्टाचार रोक्न प्रेम जरुरी ।’ उनले राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्ध प्रभावकारी औषधि हुने बताए । चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालिनरुपमा राजनीति भन्दा प्रेमभित्र खोजिनु पर्ने उनको तर्क थियो । उनले चलचित्रलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए ।

अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति फिल्ममा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ फिल्म–मेकिङ सिक्ने पाठशाला पनि हो ।

निर्देशक रामशरण पाठक रिलिज अगाडि प्राप्त प्रिभ्यूले पुलकित सुनिए । भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद फिडब्याकले खुशि अवश्य छु ।’ उनका अनुसार चलचित्रले माघ पहिलो सातादेखि देश दौडाहा थालनी गर्दैछ । माघ १८ मा चलचित्र रिलिज हुँदैछ । चलचित्रलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो ।

दर्शन नेपाल क्रियसन र डीआर म्युजिकको संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्र रज्जु प्रधानको प्रस्तुतिमा निर्माण भएको हो । बरिष्ठ कलाकार राजाराम पौडेल यही चलचित्रबाट पहिलो पटक कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् ।

चलचित्रमा डाक्टर डीआर उपाध्याय, संजीव न्यौपाने, उत्तम खत्रीको लगानी रहेको छ । सिनेमामा मनोज गजुरेलका अलवा अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, राजाराम पौडेल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, रवी डंगोललगायतका कलाकारको अभिनय रहेको छ ।

तस्विरः शंकर गिरी

यसमा तपाइको मत

अन्य समाचार