‘हृदय भरी’को औपचारिक घोषणा

काठमाडौं,
पौष २३ ।

चलचित्र ‘हृदय भरी’को औपचारिक घोषणा गरिएकोक छ । राजधानीमा आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको हो ।

सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दीपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्रीलगायतको अभिनय रहनेछ ।

यसै चलचित्र मार्फत श्रद्धा छेत्री नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दीपीन्द्र फिल्मस्को संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दीपीन्द्र राईले निर्माण गर्दैछन् ।

त्रिकोनात्मक प्रेम कथामा निर्माण हुने चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्र घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीलगायतले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार, आकाश सहित चलचित्र युनिटले पोस्टर अनावरण गर्दै चलचित्रको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।

चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अर्जुन पोखरेल, हरि लम्साल र दीपक शर्माको सङ्गीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुसालको लेखन, बिपिन मल्लको सम्पादन रहने छ ।

चलचित्रमा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । फागुनको तेस्रो साताबाट सुरुहुने यो चलचित्रकोे फस्टलुक्सलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले तयार गरेका हुन् भने यसमा श्रीधर पौडेलको फोटोग्राफी छ ।

यसमा तपाइको मत

अन्य समाचार