सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यद्वारा पद बहाली

काठमाडौं,
पौष २३ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञ परिषद् सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुका साथै पद बहाली गर्नुभएको छ । नवनियुक्त प्राज्ञपरिषद्का ६ जना सदस्यहरूलाई आइतबार कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले प्रज्ञा–प्रतिष्ठानको कार्यालय बालुवाटारमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको उपस्थितिमा प्राज्ञ परिषद् सदस्यहरू मेघराज शर्मा (मञ्जुल), धीरेन्द्र झा (प्रेमर्षि), हरिदेवी कोइराला, निशा शर्मा, नमूना शर्मा र अशोककुमार राईले प्राज्ञपरिषद् सदस्य पदको ग्रहण गर्नुभएको थियो । सपथ ग्रहणपश्चात् उहाँहरूले सोही दिन पद बहाली गर्नुभएको छ ।

यसअघि पुस १६ गते कुलपति श्रेष्ठ, उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्यामप्रकाश तमोटले पद तथा गोपनीयताको सपथ ग्रहण गरी पद बहाली गरिसक्नुभएको थियो । कुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति तथा सदस्य सचिवलाई कुलपति श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो । प्राज्ञ सभा सदस्यहरूको भने सपथ ग्रहण कार्यक्रम बाँकी छ ।

यसमा तपाइको मत

अन्य समाचार