‘खस्यौली…’मा कविता र दिव्यको रोमान्स (भिडियोसहित)

काठमाडौं,
पौष २१ ।

चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ ।

चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयम्ले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको सङ्गीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्रकुमार पुराजुलीले निर्माण गरेका हुन् ।

विरेन्द्र भट्टको छायाँकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार