राजनीति, समाजसेवा र कलाक्षेत्रमा ब्यस्त श्याम, ल्याउँदै भोजपुरी गीत

कपिलवस्तु,
पौष २१ ।

कपिलवस्तुको कृष्णनगरका श्यामकुमार मिश्रालाई यतिबेला भ्याई नभ्याई छ । गायक तथा नायक श्यामकुमार मिश्रलाई कपिलवस्तु जिल्लाको तिलौराकोटमा एकीकृत रा.प्र.पा. राष्ट्रवादी क्षेत्र नं.२ को क्षेत्रीय भेलाले केही दिन पहिले एकीकृत रा.प्र.पा. राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । यसै साता पुर्व राजा ज्ञानेन्द्र शाहसँग पोखरामा भेटघाट गर्न र देशको बर्तमान अवस्ताको समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न पुगेका थिए ।

गत स्थानिय चुनावमा कृष्णनगरको मेयरका उमेद्वार रहेका साथै मुक्ति मञ्च नेपालका अध्यक्ष समेत रहेका मिश्रा यतिबेला भोजपुरी गीतको सिडी एल्बम स्रोता माझ ल्याउने तयारीका लागि ब्यस्त छन् ।

श्यामको स्वर, के.के. सिंहको सङ्गीतमा ‘गोरी तु तो बाटु रुपके खजना’,’देखा हम तो बाटी हो तोहरे दिवाना’ बोलको भोजपुरी पप गीतको रेकर्डिङ कार्य शुक्रबार सम्पन्न भएको छ ।

भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा रहेका मिश्र आफ्नो सामाजिक, राजनीतिक र व्यवसाय बाहेक कलाक्षेत्रमा पनि निरन्तरता दिने बताउछन् ।

उनले आधुनिक नेपाली गीतको एल्बम पनि स्रोता/दर्शकमाझ ल्याउँने तयारीमा रहेको बताए । ‘तायरी भइरहेको छ, चाडै नै स्रोता/दर्शकमाझ आउँदै छ’, उनले सुनाए ।

यसमा तपाइको मत

अन्य समाचार