आरोपको फुरुङ फुरुङ (भिडियोसहित)

काठमाडौं,
पौष २१ ।

दिलासा क्रियसनको ब्यानरमा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आरोप’को गीत ‘फुरुङ फुरुङ’को भिडियो सार्वजनिक भएको छ । चलचित्रमा समावेश नित्याशिवाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । बिजय पाठक र दिनेश राउतले निर्माण गरेको यस चलचित्रलाई खिचेका छन् बिरेन्द्र भट्टले । सानू कुमार महर्जनको द्वन्द्व रहेको छ ।

चलचित्रमा कमल राईको नृत्य रहेको छ भने एस के अधिकारीको गीत साथै एस के अधिकारीकै सङ्गीत रहेको छ र उनलाई सङ्गीतमा साथ दिएका छन् गणेश चौधरीले । चलचित्रमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्कालगातकाको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार