नरेन्द्र प्यासीको तिम्रो लागि

ईटहरी,
पौष २१ ।

गायक नरेन्द्र प्यासीको स्वरमा रहेको गीत ‘तिम्रो लागि…’को छायाँकन भएको छ । गीतको भिडियोमा रोहित घिमिरे फिचर भएका छन् । उनीसँगै दक्षिणा भट्टराईको अभिनय रहेको गीतको भिडियोलाई सुवास संकल्पले निर्देशन गरेका छन् ।

पुर्व ईटहरिबाट मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाउन लागिपरेका अनमोल खतिवडा पनि यो भिडियोमा फिचर छन् भने निर्देशकले पनि भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरेका छन् । परिकला मिडिया प्रा.लि.बाट निर्मित यो भिडियो ईटहरी र आसपासका स्थानमा छायांकन गरिएको छ । गीतको भिडियोमा विवाहित महिलाको मोबाईल तथा फेसबुक क्रेज, बिन्दासपन र धोकेबाज शैलीलाई उतारिएको निर्देशकले जनाएका छन् ।

भिडियोलाई सुमन तामाङले छायांकन तथा ड्रोन उडाएका छन् भने मार्टिना मेकअप स्टुडियोको मेकअप रहेको भिडियोको गीतमा दुर्गा प्रसाद कडरियाको शब्द, चित्रलाल शर्माको सङ्गीत रहेको छ भने पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् । गुन्जन रेकर्डिङ स्टुडियोमा तयार भएको गीतको भिडियो केही साता पछि युट्युबमा सार्बजनिक गरिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार