पौष २७मा सार्वजनिक बिदाको माग

काठमाडौ,
पौष २० ।

शाही युवा शक्ति नेपालले एक कार्यक्रमको आयोजना गरि पाटी प्रवेशलगायत बिभिन्न माग प्रस्तुत गर्दै कार्य सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष पशुपति खड्काले सरकारले पौष २७ गते सार्वजनिक, निजि बिदाको जोडदार माग गरेका छन् ।

उक्त कार्यक्रममा सय भन्दा बढी युवा शाही युवा शक्ति नेपालमा प्रवेश गरेका थिए । नेबिसंघ तनहुं जिल्ला पुर्ब अध्यक्ष गणेश क्षेत्री, अमितबहादुर पाठक, राजकुमार महर्जन, सरोज सिंह र राजेन्द्र महर्जनलाई अध्यक्ष खड्काले केन्द्रिय समितिमा मनोनित गरेकाछन् ।

पौष २७ गते बृहत रुपमा युवाशक्ति भेला भई देशभरी बिभिन्न कार्यक्रम गरि राष्ट्रिय एकता दिवस मनाउने शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य राजकुमार महर्जनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार