नयाँ गीत लिएर आउँदै तिर्थ

काठमाडौं,
पौष १९ ।

जुम्ला तातो पानी लिताका तिर्थ परियारलाई गीत सङ्गीतको मोहले राजधानी ल्यायो । उनि यतिवेला नयाँ गीत स्रोता/दर्शकमाझ ल्याउने तयारीमा छन् । ‘सानै देखि नै गीत सङ्गीत भने पछि हुरुक्कै हुने मेरो सपना अब पुरा हुँदै छ’, उनले भने ‘बुद्ध स्याङवाको शब्द सङ्गीतमा मेरो गीतको भिडियो ‘रक्सी पिउदा…’ आउँदै छ ।’

दोहोरी गीतमा आफ्नो विशेष दखल भएको दाबी गर्ने यि युवा गाएक सबै प्रकारका गति गाउँने आफूमा क्षमता भएको बताउँछन् । नेपालको एउटा दुर्गम क्षेत्रको भएकाले पनि आफूले सोचे जस्तो गर्न नसकेको बताउँने उनले आउँदै गरेको नयाँ गीतले आफूलाई छुट्टै पहिचान दिलाउने दाबी गरे ।

यसमा तपाइको मत

अन्य समाचार