मनमायाको ‘लाहुरे दाईको पल्टने झोला’ (भिडियोसहित)

काठमाडौं,
पौष १९ ।

मनमाया वाईबाको नयाँ गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ । मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘लाहुरे दाईको पल्टने झोला’लाई सर्जक तथा गायक रबिन लामिछानेले लेखेका हुन् भने गायक भण्डारीले लय शङ्कलन गरेका हुन् । जसमा सर्जक तथा गायक रबिन लामिछाने र गायिका मनमाया वाईबाको थेगो रहेको छ ।

सुरेश वाईबाले निर्माण गरेको उक्त भिडियोलाई नृत्य निर्देशक तथा मोडल उमेश गुरुङले निर्देशन गरेका छन् । जसमा मोडल रिना थापा मगर, रितु तामाङ, किस्मत तामाङ र सुरेश वाईबाको अभिनय तथा नृत्य रहेको छ । उक्त गीतको म्युजिक भिडियोलाई हरि नारायण चौधरीले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार