भदौ १३ देखि सिनेमाघरमा ‘मारुनी’

काठमाडौं,
पौष १९ ।

नवल नेपालको निर्देशन रहने चलचित्र ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुने भएको छ । पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरिरहेको चलचित्रले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो ।

एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति छानिएको बताए । ‘उहाँहरुले राम्रो चलचित्र बनाउने कुरामा हामीलाई पूर्ण विश्वास छ । यही कारण हामी उहाँहरुसँग सहकार्य गर्न तयार भएका हौं, ‘महर्जनले भने ।

निर्माता गौतमले पनि एफडीसँगको सहकार्यले चलचित्रलाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । ‘प्रदर्शन सिनेमा मेकिङपछिको महत्वपूर्ण पाटो हो । यो क्षेत्रमा उहाँहरुको लामो अनुभव छ । उहाँहरुसँगको सहकार्यपछि चलचित्र लक्षित दर्शकसम्म पुग्ने कुरामा हामी थप विश्वस्त बनेका छौं,’ निर्माता गौतमले भनिन् । एफडीले काठमाडौंबाहिर सम्पूर्ण रुपमा चलचित्र वितरण गर्नेछ ।

केही समयअघि कलाकारलाई र्याम्पमा हिडाउँदै नयाँ शैलीमा चलचित्र ‘मारुनी’को घोषणा गरिएको थियो । चलचित्रमा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङ मुख्य भूमिकामा रहेका छन् ।

त्रिकोणात्मक प्रेमकथा बताइएको चलचित्रलाई गोविन्द फुयाँल र निर्देशक नवल नेपाल स्वयं मिलेर लेखेका हुन् । सन्जय लामाको छायांकन रहने चलचित्र माघको अन्तिम साताबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी गराएको छ ।

चलचित्रमा निर्माणमा पुनमलाई अजय पोखरेल र राजा प्रधानले सघाउने छन् । हरि सिलवाल चलचित्रको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी आदि कलाकारको अभिनय रहनेछ । चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको सङ्गीत रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार