प्रधान न्यायाधीशमा चोलेन्द्र सर्वसम्मत

काठमाडौं,
पौष १७ ।

संसदीय सुनुवाई विशेष समितिले प्रधान न्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्र शमशेर जबरालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
जबराले आज आफ्नो कार्यतालिका प्रस्तुत गर्दै संसदीय सुनुवाइ विशेष समितिमा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ समेत दिएका थिए । साथै उनीमाथि परेका ९ वटा उजुरको जवाफ दिएपछि उनलाई सर्वसम्मत रुपमा प्रधान न्यायाधीशका लागि चयन गरिएको हो ।

गत मंसिर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफे सहभागी संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा जबराको नाम सिफारिस गरेको थियो ।

सिफारिस पछि संवैधानिक परिषद्ले नियुक्तिका लागि सर्वसम्मत रुपमा चयन गर्नुपर्ने प्रावधान अनुरुप आज बसेको संवैधानिक परिषद्को बैठकले जबरालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार