अर्घाखाँची महोत्सब महोत्सब हुँदै

अर्घाखाँची,
पौष १६ ।

अर्घाखाँची महोत्सब महोत्सब हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग र ब्यापार ! समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार ।’’ भन्ने मूल नाराको साथ चौथो अर्घाखाँची महोत्सब २०७५ यही आउदो पौष २७ गते देखि माघ ८ गते सम्म अर्घाखाँचीको सन्धिखर्कमा हुने भएको हो ।

अर्घाखाँची उद्योग बाणिज्य सङ्घको मुख्य आयोजनामा हुन लागेको यस महोत्सबमा सन्धिखर्क नगरपालिका तथा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको ब्यबस्थापनमा अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सब २०७५ आयोजना हुन लागेको हो ।

अर्घाखाँची जिल्ला आफैँमा एक धार्मिक, सास्कृतिक र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ । यसैअनुरुप यस मेलाले अर्घाखाँची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धी गरि आर्थिक रुपले पनि मजबुत बनाउन मद्दत पुग्ने औद्योगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताए ।

उक्त मेलामा दुई सय भन्दा धेरै स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्बसुलभ तरिकाले पाउने र त्यसैगरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्री वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको आयोजकले जनाएको छ ।

अर्घाखाँची महोत्सब २०७५ मा करिब पाँच लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा चार दर्जन भन्दा धेरै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने, भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले गराए ।

यसमा तपाइको मत

अन्य समाचार