यस्तो आयो सयकडा दशको ट्रेलर

काठमाडौं,
पौष १५ ।

चलचित्र सयकडा दशको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रको ट्रेलर देखिन्छ । मनोज गजुरेल र राजाराम पौडेल चलचित्रको मुख्य भूमिकामा छन् ।  गजुरेलको यो डेब्यु चलचित्र हो।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललगायतको अभिनय छ ।

माघ १८ देखि देशभरका सिनेमाघरमा आउँने यो चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरेका हुन् ।

रामेश्वर कार्कीको छायाँकन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् । चलचित्रको यसअघि सार्वजनिक गीत ‘दाईलाई कुरा लाइदिनी…’ले चर्चा पाइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार