महेश र मेलिनाको स्वरमा ‘माया बिरानी…’ (भिडियोसहित)

काठमाडौं,
भाद्र २६ ।

महेश काफ्ले र मेलिना राईको स्वरमा रहेको गीत ‘माया बिरानी…’ सार्वजनिक भएको छ । महेशकै शब्द र सङ्गीत उदयराज पौडेलले सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

असिम शाहले निर्देशन गरेको गीतको भिडियोमा नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ ।

भिडियोलाई हरि हुमागाईं र उत्तम हुमागाईंले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका छन् । जी २१ डिजिटलको प्रस्तुति समेत रहेको ‘माया बिरानी’ गीतको भिडियो जी २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार