दक्षिण कोरियामा ‘प्रकृति-२’

काठमाडौं,
भाद्र २६ ।

गायिका प्रकृति थलङ लिम्बू साङ्गीतिक कार्यक्रममा सिलसिलामा दक्षिण कोरिया पुगेकी छन् । पछिल्लो सयम निकै व्यस्त रहेकी प्रकृतिले आफ्नो सोलो एल्बम ‘प्रकृति-२’ सार्वजनिक गरे लगतै दक्षिण कोरिया गएकी हुन् ।

दक्षिण कोरियाको महानचाड ‘चुसक’को अवसरमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । त्यहाँस्थित सुओनमा यही १२ सेप्टेम्बर अर्थात शुक्रबार आयोजना हुने ‘ताप्लेजुङ डान्स पाटी’मा प्रकृतिले आफ्नो प्रस्तुतिमात्र दिने छैनन्, जहाँ ‘प्रकृति-२’को पनि विमोचन गर्नेछिन् । दक्षिण कोरिया उड्ने बेलामा प्रकृतिले भनिन्, ‘प्रकृति–२’ एल्बमको कोरियामा पनि विमोचन हुँदैछ ।’

‘ताप्लेजुङ डान्स पार्टी’मा सहभागी हुनका लागि गायिका प्रकृतिसँगै डिजे एसवाइएन र डिजे नेस पनि कोरिया पुगेका छन् । उनीहरुले दक्षिण कोरियामा रहेका ताप्लेजुङ्गेलगायत नेपालीहरुलाई नचाउनेछन् ।

त्यस्तै गायिका प्रकृतिले आफ्ना चर्चित गीतलगायत ‘प्रकृति-२’का गीत गाएर मनोरञ्जन प्रदान गर्नेछिन् । उक्त कार्यक्रमबाट सङ्कलितमध्ये केही रकम आपत्तकालिन कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

‘पर्वाञ्चल आइडल’ घोषित भएसँगै गायनमा औपचारिकरुपमा होमिएकी प्रकृतिले यसअघि ‘प्रकृति’ नामक एल्बम सार्वजनिक गरेकी थिइन् । उक्त एल्बमबाटै आफूलाई गायकीय क्षेत्रमा स्थापित गराएकी प्रकृतिले त्यसपछि अन्य दर्जनौं गीतमा स्वर दिइसकेकी छन् । आफ्ना गीतमा मोडलिङ समेत गर्दै आएकी प्रकृतिको पछिल्लो एल्बम ‘प्रकृति-२’मा जम्मा सात वटा गीत समावेश छन् । तीमध्ये कतिपय गीत चर्चामा आइसकेका छन् ।

एल्बममा ‘मेरो गल्ती होइन’, ‘बाटोमा भेटेको’, ‘रम्थ्यिो होला’, ‘चल्दैन मलाई’, ‘परेलीमा बस’, ‘मेरो मुटु’ र ‘को पो होला’ बोलका गीत रहेका छन् । उक्त एल्बमलाई कुसल इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार