दशैँको छेको पारेर आउँदै शिवम्

काठमाडौं,
भाद्र २५ ।

दशैँको छेको पारेर चलचित्र शिवम् प्रदर्शनमा आउँने भएको छ । राजु गिरीले निर्देशन गरेको चलचित्र ‘शिबम्’ अशोज १७ गतेदेखि सिनेमाघरमा आउँने भएको हो ।

एस.के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रवि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरीलगायतले अभिनय गरेका छन् ।

श्रीकृष्ण बम मल्लको सङ्गीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, राजु गिरी र जीवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ भने यस चलचित्रको निर्मातामा पर्बत कार्की र कल्पना खराल रहेका छन् ।

तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको यो चलचित्रलाई सेन्सर बोर्डबाटले पिजी सर्टिफिकेट दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार