इन्द्रजात्रा पर्व मंगलबारदेखि सुरु

काठमाडौं,
भाद्र २५ ।

गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो मंगलबार विहान ९ बजेर १७ मिनेटमा हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत रुपमा ८ दिने जात्रा सुरु भएको हो । यो अवधिमा पुलुकिसी र लाखेनाचहरु देखाइन्छ ।

हप्तादिनसम्म कुमारी, गणेश र भैरवको रथ जात्रा पनि गरिन्छ । आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ ।
लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवङ्गत पितृको सम्झनामा शान्तिपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने गरिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दश अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन छ ।

इन्द्रजात्रा काठमाडौंको विशेष पर्व भएपनि ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका नेवार बस्तीहरुमा पनि यो पर्व मनाउने गरिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार