आशिष र मेलिनाको स्वरमा ‘एकान दुई कान मैदान…’ (भिडियोसहित)

काठमाडौं,
भाद्र २५ ।

आशिष सचिन गौतम र मेलिना राईको स्वरमा रहेको गीत ‘एकान दुई कान मैदान…’सार्वजनिक भएको छ । भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा गायक आशिषसँगै अभिनेता सरोज खनाल, अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम विसीको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । अर्जुन तिवारीको छायाँकन जीवन थापाको सम्पादन रहेको गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार