शनिबार छानिदै बेनिलि मोडल हन्ट

काठमाडौं,
भाद्र २४ ।

‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिमस्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टी क्राउन प्लाजामा हुने भएको छ । प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले साउनको पहिलो सातादेखि प्रशिक्षण सहित तयारी गरेका हुन् ।

ब्यक्तित्व बिकाश, फोटो सुट, भिडियो प्रोफाइल, सामाजिक सञ्जाल ब्यावस्थापन, ट्राफिक रुल अवेरनेस, नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेसनको सहयोगमा ब्रेष्टक्यान्सर अवेरनेश, फ्ल्यास मोभलगायत उनीहरुको बिभिन्न प्रशिक्षण अहिले अन्तिम सातामा चलिरहेको छ । प्रशिक्षण्को क्रममा उनीहरुलाई सेल्फ मार्केटिङ र सेल्फ मेकअपलगायतको समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगिको प्रतिभा निखार्ने प्रशिक्षकको जिम्बेवारी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा वनिसा मुल्मि श्रेण, निश्चल श्रेष्ठलगायतले निर्बाह गरेका थिए । रोजिन शाक्य प्रतियोगीताको मुख्य प्रशिक्षक पनि हुन् ।

प्रतियोगिताकै लागि भनेर भारतिय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् ।
कार्यक्रममा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले र्याम्प समेत नाप्ने कार्यक्रममा रहेको छ ।

बिगत पाँच बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शिर्ष बिजेता छानिने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी गराइन ।

यसमा तपाइको मत

अन्य समाचार