अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन

काठमाडौं,
भाद्र २४ ।

अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फरेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ ।

यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार