‘जादै छु परदेश…’ भन्दै आए रवि (भिडियोसहित)

काठमाडौं,
भाद्र २४ ।

अमेरिकामा रहेर कलाकारिता एवम् विभिन्न विधामा सक्रिय गायक एवम् मोडल रवि सुवेदीको नयाँ गीत ‘जादै छु परदेश…’ सार्वजनिक भएको छ । नवराज कार्कीको शब्द, बादल लिम्बुको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा रविले नायिका सुरविना कार्कीसँग अभिनय गरेका छन् । मोडल रोहन सुवेदीको समेत अभिनय रहेको भिडियोलाई कृष्णले नै सम्पादन गरेका हुन् ।

सुवेदीको सुुमुधर स्वर रहेको गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका कैयौं नेपालीहरुको यथार्थतालाई चित्रण गरिएको छ । युवराज खत्रीको छायाँकन रहेको गीतको भिडियोमा धुलीखेल वरपरका रमणीय दृश्यहरु कैद गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार