शनिबारदेखि लागू हुने गरी दूधको मूल्य ६ रुपैयाँ बढ्यो

काठमाडौं,
भाद्र २० ।

सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । सरकारको निर्देशनमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुई वर्षपछि दूधको मूल्य बढाएको छ । दुग्ध सहकारीहरु र डेरी उद्योग सङ्घको दबाबमा सरकारले दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थियो । फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ ।

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए ।

दुधको मुल्य शनिबारबाटमात्रै लागू हुने जनाएको छ । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।

दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुको आन्दोलनमा डेरी उद्योग सङ्घहरुले पनि समर्थन जनाएका थिए। सरकार, उद्योगी, किसानका प्रतिनिधिबीच पटक पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार