दिलकुमारी स्मृति पुरस्कार संस्कृतिविद डा. भक्त राई र ‘सितिमी’ पत्रिकालाई

काठमाडौं,
भाद्र ८ ।

दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार कोषले संस्कृतिविद् डा. भक्त राई र चाम्लिङ भाषाको मासिक साहित्यिक पत्रिका ‘सितिमी’लाई ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । भाषा–साहित्य तथा संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत सो पुरस्कार प्रदान गर्न लागिएको पुरस्कार कोषका संस्थापक सदस्य गीतकार टीका चाम्लिङले जानकारी गराए ।

पुरस्कार गीतकार चाम्लिङ र उनकी दिदी सरिता चाम्लिङ नाना लगायतका परिवारको सक्रियतामा संस्स्थापना गरिएको हो । पुरस्कारको राशि जनही नगद २५ हजार र प्रमाणपत्र रहेको छ । प्रत्येक वर्ष प्रदान गरिने उद्देश्य रहेको पुरस्कार यसपाली २०७५ र २०७६ गरी दुई वर्षको एकैचोटि दिन लागिएको हो । चाम्लिङका अनुसार पुरस्कार दिलकुमारीको जन्मदिनको अवसर पारेर भदौ १२ गते काठमाडौँमा एक समारोहबिच प्रदान गरिने कार्यक्रम रहेको छ ।

साकेवा सिलीको नेतृत्व गर्ने ‘सिलीमोमा’ दिलकुमारीको जन्म खोटाङको दिक्तेल-रूपाकोट-मझुवागढी-१३, नुनथलामा वि.सं. २००१ साल भदौ १२ गते भएको थियो । २०७० साल साउन १९ गते निधन भएको थियो । उनको स्मृतिलाई अमर बनाउने संस्थापान गरिएको पुरस्कार कोषको संरक्षकमा दिलकुमारीका पति रोजबहादुर चाम्लिङ राई र संस्थापकमा छोराछोरी कवि तथा गीतकार सरिता चाम्लिङ ‘नाना’, गीतकार टीका चाम्लिङ, नवीन चाम्लिङ, रन्जना चाम्लिङ र सन्जीव चाम्लिङ रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार