सत्याकृत ब्याण्डको ‘पाकेको फल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भाद्र ७ ।

सत्याकृत ब्याण्डले श्रीकृष्ण जन्माष्टमीको शुभ दिन पारेर ‘पाकेको फल’ सार्वजनिक गरेको छ । प्रकृति, शान्ति, सत्य, ईश्वर, प्रेम तथा देश प्रेम भावले भरिएका गीतहरु पस्कदै समग्र समाजलाईनै सकारात्मक उर्जाले भरिपूर्ण गीत सङ्गीत सृजना गर्दै आईरहेको ब्याण्डले श्रीकृष्ण जन्माष्टमीको दिन पारेर अर्को कोशेली नेपाली दर्शक स्रोता माझ ल्याएको हो ।

उक्त गीतमा सुर साधुको स्वर तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा हरि हुमागाइँको छायाँकन रहेको छ भने शब्द, सम्पादन तथा निर्देशन विजय गौतमको रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ बलिउडका चर्चित साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार