भिमप्रसाद ‘यासेली’ योङ्हाङको उपचारका लागि सहयोग अपिल

काठमाडौं,
भाद्र ७ ।

भिमप्रसाद ‘यासेली’ योङ्हाङ आजको दनसम्म कुनै निरन्तर कला साहित्य, संस्कार, संस्कृती, गीत सङ्गीत र मुन्धुमको एवम् आफ्नो जातिको उत्थानको पक्षमा सकृय रुपले लागि पर्दै आईरहनु भएकोले आर्थिक आर्जन नहुनु स्वभाविक हो । कलाकै माध्येमबाट जे जति आर्थिक उपार्जनबाट जीवन यापन गर्दै आईरहनु र केही समय देखि अस्वस्थताले गाँजे पश्चात त्यो आर्जन पनि ठप्प भएको उहाँले बताउनु भएको छ ।

बिगत १६ बर्ष देखि मृगौलाले काम नगरेकोमा हाल आएर मुटु, फोक्सो श्वास प्रस्वास र टाउकोमा गम्भीर समस्या देखिपछि उपचारको लागि आर्थिक अभाव भएको कारण उहाँले सबै सहयोगि मनहरुसँग आर्थिक सहयोगको अपेक्षा गर्नु भएको छ ।

जति सुकै बिरामी हुँदा पनि अर्धमुर्छित हुँदै आफ्नो कार्यक्रमहरुमा र पहिचानको आन्दोलनहरुमा अरुलाई उर्जा मिलोस् भनेर जहिले सहभागी हुँदै आउनु भएको समाजसेवी कलाकार भिमप्रसाद २०४९ साल देखि हालसम्म अनवरत किराँत याक्थुङ चुम्लुङमा खटिरहनु भएको छ ।

गाउँ जिल्ला कमिटीहुँदै हाल केन्द्रिय कार्य समितिको सचीव सम्हाली रहनु भएका यासेली अहिलेसम्म विभिन्न देशहरुमा आफ्नो मौलिक पहिचानको प्रचार, प्रसार एवम् प्रवचन दिएर जातिय पहिचानको उदाहणिय कार्य गरिसक्नु भएको छ ।

पाँचथर, याङवरक गाउँपालिका–६, मा जन्मनु भएका भिमप्रसाद ‘यासेली’ योङहाङ विगत १६ बर्षदेखि दीर्घ रोगी भई उपचारत हुदाँहुदै अहिले आएर संक्रमण भई मृगौला, फोक्सो, ब्रेन र मुटुमा गम्भीर समस्या देखिएकाले थप उपचार गर्न लाग्ने आर्थिक रकमको मात्रा अधिक भएको र पिडितको आर्थिक स्थितिले नभ्याउने देखिएपछि उपचारार्थ सहयोगको अपिल लागि उहाँले सबैमा अपिल गर्नु भएको छ । हाल यहाँको मेडिकेयर, गङ्गालाल र केएमसीमा भिन्न भिन्न रोगको उपचार गराईरहनु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार