जापानमा समावेशी इन्करेजमेन्ट अवार्ड सम्पन्न

काठमाडौं,
भाद्र ४ ।

जापानमा समावेशी इन्करेजमेन्ट अवार्ड सम्पन्न भएको छ । विश्वको पहिलो समावेशी इन्करेजमेन्ट अवार्ड कार्यक्रम जापानमा सम्पन्न भएको हो ।

उक्त समारोहमा विभिन्न संघसंस्थामा अवद्ध भएका व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको थियो । गत सोमबार जापानको टोकियोमा सम्पन्न भएको अवार्ड कार्यक्रममा सम्पुर्ण क्षेत्रलाई समावेश गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली व्यवसायीसंघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए भने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामा, जापानका सफल व्यावसायी केशब अधिकारी सहआयोजक मातृ सन्देश डट कमका सम्पादक सन्ताकुमार पहाडी, चितवन जापान समाजका अध्यक्ष राजन श्रेष्ठ लगायतका विशिष्ट ब्याक्तीहरुको सहभागी रहेको थियो ।

कार्यक्रमका निर्देशक समिर लामाका अनुसार कार्यक्रममा नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारलगायत विभिन्न संघ सन्स्थामा आबद्ध विशिष्ट ब्याक्तित्वहरुलाइ सम्मान र अवार्ड बितरण गरेका थियो ।

क्लब २० इन्टरनेस्नल नेपालको आयोजनमा भएको उक्त कार्यक्रममा नेपाली नोट डिजाइनर सुन्दर श्रेष्ठ, कलाकार सरोज खनाल, धिरेन साक्य, जुना श्रेष्ठ दीपक डोटेल, कमान सिङ लामा, गनेश राई लक्ष्मी तामाङ रेस्लर खेलाडी अस्मिता जुरेली अञ्जु गौतम, मिङ्स लामा, हर्के हवल्दारका खम्बे, शिव हरि नेपाल, शिव शर्मा, राजेन्द्र गिरी, अस्मिता बस्नेतलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार