यो वर्षको युवा वर्ष मोति पुरस्कार फूलमान वल र शंकर चापागाईंलाई

काठमाडौं,
भाद्र ४ ।

वि.सं. २०७६ को युवा वर्ष मोति पुरस्कार कथाकार, नाटककार, चलचित्र निर्देशक तथा पत्रकार फूलमान वल (काभ्रे) र कवि तथा कलाकार शंकर चापागाईं ‘धनकुटे कान्छा’ (झापा) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ ।

पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उनीहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यही भदौ १३ गते १५४ औं मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए ।

उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान ग्रदै आएको छ । हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार