सरकारी वकिल कार्यालयमार्फत आउनुपर्नेमा सिधै आएको भन्दैै रवि लामिछानेकी श्रीमतीको उजुरी लिन प्रहरीद्वारा अस्वीकार

काठमाडौं,
भाद्र ४ ।

आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले अस्विकार गरेको छ ।

सरकारी वकिल कार्यालयमार्फत आउनुपर्नेमा सिधै आएको भन्दै यसरी उजुरी लिन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जवाफ दिएर निकितालाई फर्काएको हो । प्रहरीले फर्काएपछि निकिता जिल्ला सरकारी वकिलको कार्यालयतर्फ गएकी छिन् ।

निकिताले चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज डटकमका संकेत कोइरालाविरुद्ध प्रमाण तोडमोड गरेको भन्दै उजुरी दिन चाहेकी थिइन् । उनीहरुले मृतक शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो तोडमोड गरेको आरोप छ ।

यसमा तपाइको मत

अन्य समाचार