सरकार प्रजातन्त्रको खिलाफमा छ – सभापति देउवा

भैरहवा,
भाद्र ३ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान दुई तिहाईको बाम सरकार प्रजातन्त्रको विरुद्ध लागेको आरोप लगाएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा सुरु भएको प्रदेश पाँच स्तरीय दुई दिने महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले यस्तोआरोप लगाएका हुन् । उनले वर्तमान सरकार अधिनायकबाद तर्फ लागिरहेको उल्लेख गर्दै प्रजातन्त्रको बिरुद्ध लाग्ने कसैलाई पनि काँग्रेसले नछोड्ने चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको स्मरण गराउदै ओली सरकार प्रजातन्त्र विरुद्ध अगाडि बढे नछाड्ने बताए । उनले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

यसमा तपाइको मत

अन्य समाचार